भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरको चेतावनी

प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरको चेतावनी

काठमाण्डौ । स्वास्थ्य सेवा नियमित गर्न र कानुन अनुसार सञ्चालन गर्न काठमाडौं महानगरले आग्रह गरेको छ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्था, अस्पताल तथा आबद्ध कर्मचारीलाई स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेको हो ।

राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता उल्लेखित छ । त्यस्तै आफूलाई खटाइएको शिक्षण संस्थामा मात्र काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि छ ।

कानुनको व्यवस्था पालना गर्न र गराउन सम्बद्ध व्यक्ति पदाधिकारी तथा संस्थालाई महानगरले आग्रह गरेको छ । सर्वसाधारणले सहज रुपमा सेवा नपाए वा कानुनी व्यवस्थाको उल्लघन भएको देखिएमा प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढ्ने महानगरले चेतावनी दिएको छ ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सर्तमा महानगरभित्र सञ्चालित शिक्षण संस्थामा आबद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु एवम् कर्मचारीहरु उपलब्ध नहुने गरेको, ड्युटी समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटीस्क्यान, एमआरआई स्क्यान जस्ता सेवाका लागि महिनौसम्म कुर्नुपर्ने जस्ता गुनासो आएकाले सार्वजनिक रुपमै अपिल गरिएको महानगरले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.