भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने

इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने

एजेन्सी । रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन्। कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि गुटेरेसले त्यस्तो चेतावनी दिएका हुन्।

गाजाबारेको वार्ताकारहरूले ‘रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने र अनिकालका कारण मानिसलाई सहयोग गर्ने प्रयासलाई रोक्ने चेतावनी दिएका हुन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह सहरमा पूर्णस्तरको आक्रमण भयो भने इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने बताएका थिए। नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने दक्षिणी गाजा शहरको अवस्था ‘तरबारको धार’ मा रहेको बताए।

व्यापक अन्तर्राष्ट्रिय विरोधका बावजुद इजराइली सेनाले हमास लडाकूहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो। यसपछि पनि रफाहमा तोप हमला भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।

इजराइललाई रफाहबाट बाहिर रहन बारम्बार आग्रह गरिसकेपछि बाइडनेले इजराइलमाथि प्रतिवर्ष कूल तीन अर्ब डलरको सैन्य सहायता बढाएको अन्तिम अमेरिकी लाभ यो पहिलो पटक थियो।

 

 


Thali Mobile Pvt.Ltd.