भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने

इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने

एजेन्सी । रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन्। कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि गुटेरेसले त्यस्तो चेतावनी दिएका हुन्।

गाजाबारेको वार्ताकारहरूले ‘रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने र अनिकालका कारण मानिसलाई सहयोग गर्ने प्रयासलाई रोक्ने चेतावनी दिएका हुन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह सहरमा पूर्णस्तरको आक्रमण भयो भने इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने बताएका थिए। नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने दक्षिणी गाजा शहरको अवस्था ‘तरबारको धार’ मा रहेको बताए।

व्यापक अन्तर्राष्ट्रिय विरोधका बावजुद इजराइली सेनाले हमास लडाकूहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो। यसपछि पनि रफाहमा तोप हमला भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।

इजराइललाई रफाहबाट बाहिर रहन बारम्बार आग्रह गरिसकेपछि बाइडनेले इजराइलमाथि प्रतिवर्ष कूल तीन अर्ब डलरको सैन्य सहायता बढाएको अन्तिम अमेरिकी लाभ यो पहिलो पटक थियो।

 

 


Thali Mobile Pvt.Ltd.