भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

फरार अभियुक्त प्रहरीकै इन्स्पेक्टर

फरार अभियुक्त प्रहरीकै इन्स्पेक्टर

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेको छ । फरार रहेका धर्मेन्द्र अकौलिया कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमै रहेका थिए । जिल्ला अदालत काठमाडौंबाट गत साउनमा पक्राउ पुर्जी जारी भएपछि उनी प्रहरी वृत्त स्वयम्भूमा प्रहरी निरीक्षकका रूपमा कार्यरत थिए । स्वयम्भू वृत्तले गत ३ साउनमा उनीविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाएको थियो ।

कानुनी रूपमा फरार रहेका उनी आफैँ अन्य फरारको खोजी गर्ने र शान्ति सुरक्षा गर्ने जिम्मेवारी समालेका थिए । वास्तविकता खुलेपछि अहिले निलम्बनमा परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले फरार अभियुक्तहरूको खोजी गर्ने फरार व्यक्तिको नाममा आफ्नै इन्स्पेक्टरसम्म मिल्दो नाम देख्यो । त्यति मात्र होइन, ठेगानासमेत मिलेपछि थप बुझ्दा फरार रहेका व्यक्ति प्रहरी इन्स्पेक्टरकै रूपमा कार्यरत रहेको पुष्टि भयो ।

त्यसपछि प्रहरी वृत्त स्वयम्भूका डिएसपी उद्धवसिंह भाटले अकौलियालाई अदालतमा बुझाए । गत ५ मंसिरमा इन्स्पेक्टर अकौलियालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । फौजदारी मुद्दा लागेपछि प्रहरी कर्मचारी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

इन्स्पेक्टर अकौलिया सीतापाइलास्थित मारुती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य थिए । सो सहकारीका अध्यक्ष वसन्त भेटवाल हुन् । अध्यक्ष भेटवालविरुद्ध ०८० भदौमा नृपेश श्रेष्ठले प्रहरीमा जाहेरी दर्ता गरेका थिए । सहकारीले कारोबारमा विश्वासघात गरेको भन्दै जाहेरी दिएकोमा गत साउनमा स्वयम्भू वृत्तले अनुसन्धान पूरा गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिवादी बनेका अकौलिया आफ्नै इन्स्पेक्टर भन्ने थाहा थिएन । त्यतिवेला उनी काभ्रेमा कार्यरत थिए । गत २७ भदौमा सरुवा भएर उनी आफूविरुद्ध अनुसन्धान गरेको स्वयम्भू वृत्तमै पुगे । तैपनि आफूविरुद्धको मुद्दा उनले गोप्य नै राखे । मुद्दा चलेको संगठनले थाहा पाए निलम्बनमा पर्न सक्ने भएकाले उनले गोप्य राखेका थिए । हाल वास्तविकता खुलेपछि उनी निलम्बनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.