भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

पीडितकै पैसामा मस्ती गर्दै जापान गएका थिए पूर्वमन्त्री लीलाबल्लभ अधिकारी

पीडितकै पैसामा मस्ती गर्दै जापान गएका थिए पूर्वमन्त्री लीलाबल्लभ अधिकारी

काठमाडौं । जापानमा मानव तस्करीका लागि सघाएको आरोप लागेका कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पीडितहरूकै पैसामा मस्ती गर्दै जापान गएको प्रहरी अनुसन्धानले देखाएको छ । गिरोहका एक सदस्यसँग अधिकारीको ४५ पटक फोन सम्पर्क भएको अनुसन्धानबाट खुलेको छ । जापान लैजान भनेर तीनजनासँग पैसा उठाइएको र त्यही पैसाबाट तत्कालीन मन्त्री रहेका अधिकारीको भिसा प्रक्रिया, हवाई टिकट र होटेल बुकिङ गरिएको पाइएको छ ।

पर्याप्त प्रमाण हुँदा पनि सरकारको दबाबमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाई उन्मुक्ति दिएको सरोकारवालाको दावी छ । मानव तस्करीमा सघाएको पर्याप्त आधार रहेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन पेस गरेकोमा सरकारी वकिल कार्यालयले सोमबार अन्य ११ जनालाई मात्रै मुद्दा चलाएको छ । सत्ताकै आडमा अधिकारीलाई जोगाइएको भन्दै आलोचना भइरहेको छ । उनी सोमबारै रिहा भैसकेका छन् ।

हामीमाथि प्रतिशोध पुष्टि भयोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई अनुसन्धानका नाममा लामो समय हिरासतमा राखिनु प्रतिशोध भएको घटनाक्रमले पुष्टि गरेको बताएको छ । कार्यवाहक प्रवक्ता मनीष झाले मंगलबार पत्रकार सम्मेलन गरेर मानव तस्करी प्रकरणमा मुछिएका एमाले नेता एवं कोशीका पूर्वकानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएबाटै रास्वपाप्रति सरकारको नियत स्पष्ट भएको बताए ।

उनले वैकल्पिक राजनीतिको मियो बनेर आएको नयाँ दललाई ड्यामेज गर्न आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको जिकिर गरे । झाले कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय आपत्तिजनक भएको पनि बताए । सभापति लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको, तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारे । रास्वपाले अदालत प्रभावित गर्न खोजेको भनेर आरोप लाउनेले नै तथ्य प्रमाणित नभएका कागजात बाहिर प्रचारमा ल्याएर दोषी नै हो भन्ने हिसाबले न्यायालयलाई दबाबमा राख्न खोजेको टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.