फर्जी कागजात पेश गरी भुक्तानीः राष्ट्रपति चुरे संरक्षणको नाममा ५ करोड २४ लाख अनियमितता

फर्जी कागजात पेश गरी भुक्तानीः राष्ट्रपति चुरे संरक्षणको नाममा ५ करोड २४ लाख अनियमितता image

काठमाडौं । राष्ट्रपति चुरे संरक्षण विकास समितिको जनकपुरधामस्थित कार्यक्रम कार्यान्वयन इकाइले चुरे संरक्षणका लागि छुट्याएको बजेटमा अनियमितता भएको पाइएको छ । समितिका बोर्ड सदस्य शशीकुमार शर्माले तयार गरेको आन्तरिक प्रतिवेदनमा चुरे संरक्षणको नाममा करिब ५ करोड २४ लाख ३२ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ । २०८० को ८ देखि १४ पुससम्म स्थलगत निरीक्षण तथा अध्ययन गरी २० पृष्ठको प्रतिवेदन तयार पारिएको छ ।

प्रतिवेदनमा उपसचिव शिव पोखरेल संरक्षण विकास समितिको जनकपुरधाम कार्यक्रम कार्यान्वयन इकाइको प्रमुख रहेका बेला सञ्चालन नभएका कार्यक्रमहरूको फर्जी कागजात पेश गरी भुक्तानी दिएको, स्वीकृति विपरीतका योजनाहरु सञ्चालन गरी अनियमितता गरेको दाबी छ ।जनकपुरधाम इकाइमा आर्थिक वर्ष २०७९, ०८० मा चालु र पुँजीगत खर्चका लागि ३९ करोड ८९ लाख ६० हजार रुपैयाँको बजेट स्वीकृत भएको थियो ।

जसमा १५० वटा कार्यक्रम सञ्चालन गरी बनाइएको एक्टिभिटी प्रोफाइलमा उल्लेख छ । एक्टिभिटी प्रोफाइल अनुसार तत्कालीन सब इन्जिनियर रामईश्वर साहले १०३ वटा कार्यक्रम सम्पन्न गरेको प्रतिवदनमा उल्लेख छ । जसमा २५ करोड २७ लाख ५९ हजार २७३ रुपैयाँ खर्च भएको देखिन्छ । तर, उनले सम्पन्न गरेका कतिपय योजनाहरू कार्यक्रम प्रोफाइलमा समावेश नरहेको दाबी प्रतिवेदनमा छ ।

प्राविधिक सहायक कृष्णा साहले २८ वटा कार्यक्रम सञ्चालन गरी ५ करोड ५७ लाख ३८ हजार २ सय ९ रुपैयाँ खर्च गरेको देखाइएको छ । रेञ्जर रामनाथ चौधरीले १९ वटा कार्यक्रम सञ्चालन गर्दा १ करोड २८ लाख १६ हजार ४ सय ११ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार एक्टिभिटी प्रोफाइलका आधारमा कार्यक्रममा ३२ करोड २ लाख ९३ हजार ८९५ रुपैयाँ ५१ पैसा खर्च भएको देखिन्छ ।

जसमा ४ प्रतिशत कन्टिन्जेन्सी वापत १ करोड २८ लाख ८ हजार ५५५ रुपैयाँ खर्च हुन्छ । कार्यक्रम र कन्टिन्जेन्सी खर्च जोड्दा ३३ करोड ३० लाख २२ हजार ४ सय ५१ रुपैया खर्च भएको देखिन्छ । तर ५ करोड २४ लाख ३२ हजार रुपैयाँ राज्य कोषमा बाँकी देखिनुपर्नेमा नदेखिएको प्रतिवेदनमा उल्लेख छ । वार्षिक प्रगति समीक्षा गोष्ठीमा प्रस्तुत गरिएका कार्यक्रमहरूमा ९९ प्रतिशत खर्चको दाबी गरिएको छ । तर त्यस अनुसार खर्च विवरण नदेखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका ७ ढल्केबरमा ग्राउण्ड वाटर रिचार्ज कार्यक्रमको नाममा दुईवटा पोखरीको फर्जी बिल पेश गरी २८ लाख रकम लिएको दाबी प्रतिवेदनमा छ । रामकुमार महतो अध्यक्ष रहेको औरही तटबन्ध गल्छी तथा पोखरी निर्माण उपभोक्ता समितिलाई १४ लाख १५ हजार ६५५ रुपैयाँ ६६ पैसा रकम भुक्तानी गरिएको छ ।

एक्टिभिटी प्रोफाइलको ३३ नम्बर कार्यक्रममा समावेश गरिएका ग्राउण्ड वाटर रिचार्ज कार्यक्रममा त्यही छेउमा होमप्रसाद शर्मा अध्यक्ष रहेको औरही तटबन्ध गल्छी तथा पोखरी निर्माण उपभोक्ता समितिलाई १४ लाख ५ हजार ३६८ रुपैयाँ ६७ पैसा रकम भुक्तानी गरिएको एक्टिभिटी प्रोफाइल र प्रतिवेदनमा उल्लेख छ । बोर्ड सदस्य शर्माको छानबिन प्रतिवेदनमा अन्य कार्यालयबाट निर्माण भइसकेको दुबै पोखरीको तस्वीर राखेर फर्जी बिल भरपाइ तयार गरी रकम भुक्तानी गरेको दाबी गरिएको छ ।

आफ्नो प्रतिवेदनमा शर्माले यस विषयमा छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् । यस्तै परामर्श शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरिएकोमा प्रक्रियाविना इन्जिनियर अमर साह र जागिरबाट अवकाश कर्मचारी ओभरसियर काशीप्रसाद साहलाई मिलोमतो तरिकाले भर्ना गरी ८ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको दाबी प्रतिवेदनमा छ । स्वीकृत कार्यक्रमको शीर्षक भन्दा बाहिर गएर र विना कुनै संशोधन कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ ।

२०८० को फागुन पहिलो साता बोर्डमा बुझाएको प्रतिवेदन उपर छानबिन गरिरहेको बोर्डका अध्यक्ष डा किरण पौडेलले बताए । हामीले छानबिन गरिरहेका छौ । बोर्ड सदस्यले तयार गरेको प्रतिवेदनमा कतिपय व्यक्तिगत कुरा पनि हुन्छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda