भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिंगापुर संसदीय निर्वाचनमा पीएपीको प्रचण्ड बहुमत, ८७ सिटमा जित

सिंगापुर संसदीय निर्वाचनमा पीएपीको प्रचण्ड बहुमत, ८७ सिटमा जित

सिंगापुर । सिंगापुरमा सम्पन्न संसदीय निर्वाचनमा पिपुल्स एक्सन पार्टीले अत्यधिक बहुमत प्राप्त गर्दै ९७ सदस्यीय संसदमा ८७ सिटमा विजय हासिल गरेको छ।प्रधानमन्त्री लरेन्स वोङ नेतृत्वको पार्टीले निरन्तर सत्ताको आफ्नो प्रभुत्व कायम राख्दै बलियो जनादेश पाएको हो।

जितपछि प्रधानमन्त्री वोङले जनताको विश्वासप्रति आभार व्यक्त गर्दै जनमतको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्य प्रतिपक्षी वर्कर्स पार्टीले १० सिट जित्न सफल भएको छ। अन्य प्रतिस्पर्धी दलहरूले भने कुनै पनि सिट जित्न सकेनन्।

निर्वाचन विभागका अनुसार, २६ लाखभन्दा बढी मतदाताले १,२४० मतदान केन्द्रमार्फत मतदान गरेका थिए। सन् १९६५ देखि निरन्तर सत्तामा रहेको पीएपी ले यो निर्वाचनमार्फत पुनः आफ्नो वर्चस्व प्रमाणित गरेको छ।

 


Thali Mobile Pvt.Ltd.