भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिंगापुर संसदीय निर्वाचनमा पीएपीको प्रचण्ड बहुमत, ८७ सिटमा जित

सिंगापुर संसदीय निर्वाचनमा पीएपीको प्रचण्ड बहुमत, ८७ सिटमा जित

सिंगापुर । सिंगापुरमा सम्पन्न संसदीय निर्वाचनमा पिपुल्स एक्सन पार्टीले अत्यधिक बहुमत प्राप्त गर्दै ९७ सदस्यीय संसदमा ८७ सिटमा विजय हासिल गरेको छ।प्रधानमन्त्री लरेन्स वोङ नेतृत्वको पार्टीले निरन्तर सत्ताको आफ्नो प्रभुत्व कायम राख्दै बलियो जनादेश पाएको हो।

जितपछि प्रधानमन्त्री वोङले जनताको विश्वासप्रति आभार व्यक्त गर्दै जनमतको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्य प्रतिपक्षी वर्कर्स पार्टीले १० सिट जित्न सफल भएको छ। अन्य प्रतिस्पर्धी दलहरूले भने कुनै पनि सिट जित्न सकेनन्।

निर्वाचन विभागका अनुसार, २६ लाखभन्दा बढी मतदाताले १,२४० मतदान केन्द्रमार्फत मतदान गरेका थिए। सन् १९६५ देखि निरन्तर सत्तामा रहेको पीएपी ले यो निर्वाचनमार्फत पुनः आफ्नो वर्चस्व प्रमाणित गरेको छ।

 


Thali Mobile Pvt.Ltd.