भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

स्थायी समाधानका लागि बार निर्माण प्रक्रियामा

स्थायी समाधानका लागि बार निर्माण प्रक्रियामा

काठमाडौँ । अनामनगरस्थित धोबीखोलास्थित पुल छेउमा सवारी साधनको सम्भावित दुर्घटना रोक्ने उपाए अपनाइएको छ । दुर्घटना बढ्न थालेपछि दुर्घटनाका रोक्न अस्थायी समाधान गरिएको हो ।

स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको र स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने प्रहरीले जनाएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो।
दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरिएको जनाईएको छ ।

भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरूले आग्रह गरेका छन्।

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो। त्यहाँ यसअघि पनि पटकपटक दुर्घटना भएको थियो। मानवीय क्षति नभए पनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीररूपमा लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.