भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

स्थायी समाधानका लागि बार निर्माण प्रक्रियामा

स्थायी समाधानका लागि बार निर्माण प्रक्रियामा

काठमाडौँ । अनामनगरस्थित धोबीखोलास्थित पुल छेउमा सवारी साधनको सम्भावित दुर्घटना रोक्ने उपाए अपनाइएको छ । दुर्घटना बढ्न थालेपछि दुर्घटनाका रोक्न अस्थायी समाधान गरिएको हो ।

स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको र स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने प्रहरीले जनाएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो।
दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरिएको जनाईएको छ ।

भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरूले आग्रह गरेका छन्।

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो। त्यहाँ यसअघि पनि पटकपटक दुर्घटना भएको थियो। मानवीय क्षति नभए पनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीररूपमा लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.