भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते

ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते

काठमाडौँ । ताप्लेजुङमा सुरक्षाकर्मी सहित १२ जना घाइते भएका छन् । पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच भएको झडपमा १२ जना घाइते भएका हुन ।

झडपमा परी घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका छन्। घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.