काठमाडौं । ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको तेस्रो दिनसम्म २ करोड ७५ लाख कमाइ गरेको कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको थियो । फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको छ ।
चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय छ । फिल्मको प्रवर्द्धनका लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमा छन् ।
उनले सोमबार काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मको प्रचार गरे । मंगलबार नेपालगञ्ज पुगेर दर्शकलाई भेट्ने जनाइएको छ । नेपालगञ्ज हुँदै उनी भारत प्रस्थान गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २८ असार । नयाँ नेपाली देउडा गीत ‘तेरा जोवनको’ सार्वजनिक गरिएको छ। गायिका निसा रावलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वर, शब्द र संगीत निसा रावलकै...
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौं, ८ असार । नेपाली लोकसंगीतको सांगीतिक संसारमा नयाँ स्फूर्ति थप्दै, अनुभवी कलाकारहरूको समुहले “मेरो को छ र” नामक लोकगीत बजारमा ल्याएको छ। पूर्णकला बीसीको आधिकारिक युट्युब च्यानलमार्फत सबैका...