भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

‘ह्रस्व दीर्घ’ ले कमायो २ करोड ७५ लाख

‘ह्रस्व दीर्घ’ ले कमायो २ करोड ७५ लाख

काठमाडौं । ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको तेस्रो दिनसम्म २ करोड ७५ लाख कमाइ गरेको कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको थियो । फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको छ ।

चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय छ । फिल्मको प्रवर्द्धनका लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमा छन् ।

उनले सोमबार काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मको प्रचार गरे । मंगलबार नेपालगञ्ज पुगेर दर्शकलाई भेट्ने जनाइएको छ । नेपालगञ्ज हुँदै उनी भारत प्रस्थान गर्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.