भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फाइनल भिडन्त हेर्न दर्शकले भरियो टीयू ग्राउन्ड

फाइनल भिडन्त हेर्न दर्शकले भरियो टीयू ग्राउन्ड

काठमाडौं । जारी नेपाल प्रिमियर लिगको आज फाइनल खेल हेर्न टीयू क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् ।

बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ भएर खेलाडीलाई होसला प्रदान गरिरहेका छन् । दुवैतर्फकका समर्थकले आआफ्नो टिमको समर्थनमा प्लेकार्डसहित हो हल्ला गरिरहेका छन् । फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान रोचक भिडन्त हुदैछ । क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतहुलताले दर्शक उत्साहित देखिन्छन् । विभिन्न ८ फ्रेन्चाइज टोली खेलमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.