भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

चुनावी तयारीका लागि अर्थ मन्त्रालयले १९ अर्ब १५ करोड स्रोत सहमति प्रदान

चुनावी तयारीका लागि अर्थ मन्त्रालयले १९ अर्ब १५ करोड स्रोत सहमति प्रदान

मुख्य बुँदा 

प्रतिनिधिसभा निर्वाचन तयारीका लागि १९ अर्ब १५ करोड स्रोत सहमति

अहिलेसम्म ६ अर्ब ३६ करोड निकासा भइसकेको

निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाली सेनालाई प्राथमिकता अनुसार स्रोत वितरण

राष्ट्रिय अनुसन्धान विभागलाई २ करोड ८० लाख, नेपाली सेनालाई ४ करोड ४२ लाख सुरक्षा उपकरणका लागि स्रोत

चुनाव केन्द्रित खर्च व्यवस्थापनमा अर्थ मन्त्रालयको सक्रिय भूमिका

काठमाडौँ, माघ १६ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

निर्वाचन आयोगलाई कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको स्रोत सहमति प्रदान गरिएको थियो। त्यसपछि मंसिर २० मा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको सहमति दिइएको छ। अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।

प्रतिनिधिसभा सदस्य चुनावको व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासामा मन्त्रालयले प्राथमिकता दिएको देखिएको छ।त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ मा दुई करोड ८० लाख रुपैयाँ, र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ मा चार करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ।

गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा चुनावका लागि १० अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ। यस्तै, नेपाली सेनालाई चुनाव केन्द्रित चालू खर्चतर्फ एक अर्ब ९४ करोड ६८ लाख ५५ हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

 


Thali Mobile Pvt.Ltd.