भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

निष्पक्ष र भयरहित चुनावका लागि गृह मन्त्रालयको नयाँ अवधारणा सार्वजनिक

निष्पक्ष र भयरहित चुनावका लागि गृह मन्त्रालयको नयाँ अवधारणा सार्वजनिक

काठमाडौँ, १७ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले नयाँ अवधारणा सार्वजनिक गरेको छ।

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरेको हो। उक्त अवधारणाअनुसार वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी, प्रबुद्ध व्यक्ति तथा सरोकारवाला पक्षको सहभागितामा चुनावी वातावरण सुदृढ बनाइनेछ।

चुनावसम्बन्धी सम्पूर्ण प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, निजी क्षेत्र र प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुने भन्दै गृह मन्त्रालयले अवधारणा ल्याएको जनाएको छ।

अवधारणा कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ। वडा तहका राजनीतिक व्यक्ति, पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनमा सहभागी गराई अपनत्वसहित निष्पक्ष चुनाव सम्पन्न गर्ने उद्देश्य रहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। अवधारणा कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.