भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

गाजा युद्धविराम सम्झौता: हमासका ३४ बन्धकलाई रिहा गर्न सहमत

गाजा युद्धविराम सम्झौता: हमासका ३४ बन्धकलाई रिहा गर्न सहमत

एजेन्सी । हमास ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ । गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकहरुलाई रिहा गर्न सहमत भएको हो । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको अधिकारीले बताएका छन् ।

यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेका छन्। सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धकहरू छन्, जसमा केही युवा पुरुषहरू पनि छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ।

इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको मृत्यु भएको बताएको छ । आइतबार, इजरायली सेनाले गाजा पट्टीमा गत दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’ मा आक्रमण गरेको र ‘दर्जनौं हमास आतंकवादीहरूलाई मारेको’ बताएको छ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको बताएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो ।

 


Thali Mobile Pvt.Ltd.