भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कालिञ्चोककोमा यो वर्षकै पहिलो पटक हिमपात, हिउँ परेपछि व्यवसायी खुशी

कालिञ्चोककोमा यो वर्षकै पहिलो पटक हिमपात, हिउँ परेपछि व्यवसायी खुशी

दोलखा । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा यो वर्ष हिउँदेयाम सुरु भएदेखि पहिलो पटक हिमतात भएको छ । सोमबार कालिन्चोक लगायतका क्षेत्रमा हिमपात भएपछि पर्यटन व्यवसायीहरु खुशी भएका छन् । हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएको जनाएका छन् ।

हिउँपरेपछि हिउँ खेल्न पर्यटकहरुको घुइचो लागेको पर्यटन व्यवसायी तथा होटल उडल्याण्डका सञ्चालक विजय पराजुलीले कैलाश खबरलाई जानकारी दिनुभयो । उहाँले कालिन्चोकमा हिउँपरेपछि बुकिङ हुन थालेको बताउँदै यस वर्ष ढिलो गरी हिउँ परेपछि आफूहरु खुशी भएको बताउँनुभयो ।first snowfall in Kalinchokko

 

कालिन्चोकमा सञ्चालित होटलहरु मध्य आफ्नो होटल उडल्याण्ड टुरिष्ट स्टान्डर्डको भएको बताउदै कालिन्चोक आउने पाहुँनाहरुलाई स्वागत गर्न यहाँका पर्यटन व्यवसायीहरु तयार रहेको जानकारी दिनुभयो । कालिन्चोक आउने पर्यटकहरुलाई सहजरुपमा मन्दिरको दर्शन गर्न मिल्ने एकाले हिउँ खेल्न पर्यटकहरुलाई कालिन्चो आउन होटल व्यवसायीहरुको आग्रह छ ।first snowfall in Kalinchokko

कालिन्चोकमा विगतका वर्षहरुमा मंसिरको अन्ततिर हिउँ पर्ने गरेको भएपनि यस वर्ष ढिलो गरि हिउँ परेको हो । कालिनचोकमा भण्डै ७० भन्दा बढी होटलहरु रहेका छन् । कालिञ्चोककोमा कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक हिमपात भएपछि काठमाडौँ, तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न आउने गरेका छन् । सहज रुपमा कालिन्चोक हिउँ खेल्न तथा मन्दिरको दर्शन गर्न सकिने भएका कारण यस क्षेत्रमा पर्यटकको संख्या बढ्ने गरेको छ ।first snowfall in Kalinchokko

 


Thali Mobile Pvt.Ltd.