भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मन्त्री मास्कीलाई थारु गाउँमा भव्य स्वागत

मन्त्री मास्कीलाई थारु गाउँमा भव्य स्वागत

दाङ, तुलसीपुर । सिंचाइ सुविधा नभएपछि हैरानी खेपेका स्थानीयले गाउँमा मन्त्रीको पहलमा नाला निर्माण भएपछि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई थारु नाचसहित भव्य स्वागत गरेका छन् ।

माघी पर्वको दिन नाला निर्माण प्रक्रिया कस्तो बनेको छ भन्दै अनुगमन गर्न पुगेका मन्त्री मास्कीलाई स्थानीयले स्वागत गरेका हुन् । शान्तिनगर गाउँपालिका वडा नं.५ बैसामा चालु बर्ष बजेट बिनियोजन भएको हो । पाँचसय मिटर नाला निर्माण सम्पन्न भएको छ । नाला निर्माणले सिंचाइ तथा सडक स्तरबृद्धिमा राहात मिलेको छ ।

त्यस अवसरमा मन्त्री मास्कीले आवश्यकताको आधारमा यस गाउँमा थप बजेटको व्यवस्था मिलाउँने प्रतिवद्धता जनाए । यसैबीच मन्त्री मास्कीले शान्तिनगर १ मा निर्माण भइरहेको बौद्ध गुम्वाको उद्घाटनसमेत गरेका छन् । मकर सँक्रान्तिको अवसरमा शान्ति बबई बौद्ध विहार गुम्बाको उद्घाटन गरेका हुन ।

एतिहासिक संस्कार, संस्कृतिको संरक्षण गर्न स्थानीय आफै जुट्नु पर्ने भन्दै मन्त्री मास्कीले शान्तिनगर १ का बासिन्दाले मगर सांस्कृति संरक्षणमा ध्यान दिएकोमा धन्यवाद दिए । मगर सँस्कृति संरक्षणका लागि पहल गर्ने वचन दिए । सो अवसरमा स्थानीयले मगर संग्रहालयको माग गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.