भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइदा पाँच प्रहरीको मृत्यु

पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइदा पाँच प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानमा भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको घटनामा पाँच जनाको मृत्य र घटनामा कम्तीमा १४ जना घाइते भएको जनाएको छ ।

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठुलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.