भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दिल्लीबाट आएको भिस्टारा जहाजमा बम राखेको अनुसन्धान जारीसंगै विमानस्थलबाट उडान सुचारु

दिल्लीबाट आएको भिस्टारा जहाजमा बम राखेको अनुसन्धान जारीसंगै विमानस्थलबाट उडान सुचारु

काठमाडौँ । भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि बन्द भएको उडान सेवा पुःन सुरु भएको छ । त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु भए पनि भिस्टारामा ‘सर्च’ जारी रहेको हो ।

भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको उक्त विमान काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले अहिले बम डिस्पोजक टोली खटाइसकेको छ। जहाजमा बम राखेको जानकारी पनि दिल्लीबाटै आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको जनाएको छ ।

भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ । पछिल्लो समयमा भारीत विमानहरुमाबल राखेको हल्ला लगातार फैलिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.