भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दिल्लीबाट आएको भिस्टारा जहाजमा बम राखेको अनुसन्धान जारीसंगै विमानस्थलबाट उडान सुचारु

दिल्लीबाट आएको भिस्टारा जहाजमा बम राखेको अनुसन्धान जारीसंगै विमानस्थलबाट उडान सुचारु

काठमाडौँ । भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि बन्द भएको उडान सेवा पुःन सुरु भएको छ । त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु भए पनि भिस्टारामा ‘सर्च’ जारी रहेको हो ।

भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको उक्त विमान काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले अहिले बम डिस्पोजक टोली खटाइसकेको छ। जहाजमा बम राखेको जानकारी पनि दिल्लीबाटै आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको जनाएको छ ।

भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ । पछिल्लो समयमा भारीत विमानहरुमाबल राखेको हल्ला लगातार फैलिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.