भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

शेख हसिनाले पदबाट राजीनामा नदिई देश छोडेको खुलासा

शेख हसिनाले पदबाट राजीनामा नदिई देश छोडेको खुलासा

एजेन्सि । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ ।बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो ।

हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्टमा देश छोडेकी थिइन् । हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि उनले राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको राष्ट्रपति शाह्बुद्दीनले बताएका छन् ।

यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ । राष्ट्रपति शाहबुद्दीनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए ।

हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको राष्ट्रपतिले जानकारी दिए । हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ।

 


Thali Mobile Pvt.Ltd.