भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

संखुवासभामा पहिरोले तीन घर बगायो,उत्तर दक्षिण कोशी सडकमा समेत क्षति

संखुवासभामा पहिरोले तीन घर बगायो,उत्तर दक्षिण कोशी सडकमा समेत क्षति

काठमाडौं । संखुवासभामा पहिरोले तीन घर बगाएको छ। गएराति अविरल वर्षासँगै गएको पहिरोले खाँदबारी नगरपालिका –११ आङ्लास्थित कोक्तिमा गाउँमा तीन घर बगाएको हो । स्थानीय मणि प्रसाद राई, राम प्रसाद राई र दिल बहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। पहिरोले घर बगाएपछि उनीहरु अहिले छिमेकीको घरमा बसेका छन्।

पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन्। खाँदबारी नगरापलिका –४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएको खाँदबारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद सुब्बा गुरुङले जानकारी दिए। पहिरोले चिचिला गाउँपालिकामा ५ घर पहिरोको उच्च जोखिममा परेका छन्। चिचिला वडा नम्बर १ र २ मा ५ घर पहिरोले उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। जिल्लामा बाढी पहिरोले केकति क्षति भयो भन्न विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। उक्त सडक कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्छ। पानीले सडकमा करिब १ करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.