भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

संखुवासभामा पहिरोले तीन घर बगायो,उत्तर दक्षिण कोशी सडकमा समेत क्षति

संखुवासभामा पहिरोले तीन घर बगायो,उत्तर दक्षिण कोशी सडकमा समेत क्षति

काठमाडौं । संखुवासभामा पहिरोले तीन घर बगाएको छ। गएराति अविरल वर्षासँगै गएको पहिरोले खाँदबारी नगरपालिका –११ आङ्लास्थित कोक्तिमा गाउँमा तीन घर बगाएको हो । स्थानीय मणि प्रसाद राई, राम प्रसाद राई र दिल बहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। पहिरोले घर बगाएपछि उनीहरु अहिले छिमेकीको घरमा बसेका छन्।

पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन्। खाँदबारी नगरापलिका –४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएको खाँदबारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद सुब्बा गुरुङले जानकारी दिए। पहिरोले चिचिला गाउँपालिकामा ५ घर पहिरोको उच्च जोखिममा परेका छन्। चिचिला वडा नम्बर १ र २ मा ५ घर पहिरोले उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। जिल्लामा बाढी पहिरोले केकति क्षति भयो भन्न विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। उक्त सडक कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्छ। पानीले सडकमा करिब १ करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.