भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित

गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित

काठमाडौँ, ३० असाेज । सरकारले बाढीपहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखाका तीन गाउँपालिका, बागलुङका दुई नगरपालिका र धादिङको एक गाउँपालिकाका दुई वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ तथा बागलुङको गलकोट र ढोरपाटन नगरपालिकालाई पनि उक्त सूचीमा समेटिएको छ । मन्त्रिपरिषद्को निर्णयमा बुढीगण्डकी नदीमा आएको बाढीबाट गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ अति प्रभावित भएको उल्लेख छ ।

यसैगरी, २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढीपहिरोबाट बागलुङका गलकोट र ढोरपाटन नगरपालिका प्रभावित भएका थिए । यी क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा गर्ने निर्णय सरकारले गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.