भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

काठमाडौँ, ३० असाेज । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँ बालीको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न र कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । कृषि विभागले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न देशभरका सातै प्रदेशमा प्राविधिक टोली खटाएको थियो ।

टोलीले गहुँ उत्पादनमा लाग्ने लागत, बिउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यको अध्ययन र विश्लेषण गरेको थियो । सोही अध्ययनका आधारमा उत्पादन लागतलाई ध्यानमा राखेर मूल्य निर्धारण गरिएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ तोकिएको थियो । यस वर्षको मूल्य गत वर्षको तुलनामा १६२ रुपैयाँले बढी हो ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५१ रुपैयाँ निर्धारण गरिएको थियो ।

सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । यसले किसानलाई उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा बढाए पनि त्यसको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.