भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्काे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्काे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७७’ पारित गरेको छ।

समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल र राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति समेत बनाएर लामो छलफलपछि शुक्रवार पारित गरिएको बताइन्।

मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नेगरी उक्त विधेयक पारित गरिएको समिति सभापति राणाले बताइन्।

अब उक्त विधेयक संसदमा पेस हुने र संसदबाट विधेयक पारित भएर कानून बनेसँगै खाद्य श्रृङ्खलामा खाद्य स्वच्छता कायम गर्न सकिने अपेक्षा गरेको बताइन्।

 


Thali Mobile Pvt.Ltd.