भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आतंक बढेपछि सूर्यविनायक नगर भित्रका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरूद्वकाे भ्याक्सिन

आतंक बढेपछि सूर्यविनायक नगर भित्रका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरूद्वकाे भ्याक्सिन

भक्तपुर । जिल्लामा कुकुर आतंक बढेपछि सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक कुकरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप अभियान थालेको छ । नगरका १० वडाकै सामुदायिक कुकरहरु नियन्त्रणमा लिएर यो अभियान थालेको नगरपालिकाले जनाएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना तथा मण्डला भेटेरिनरी हस्पिटल प्रालि खुमलटार ललितपुरको प्राविधिक सहयोगमा फागुन ९ गतेसम्म यो अभियान थालिएको नगर उप प्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् ।

अभियानमा सूर्यविनायक नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरुको सहभागितामा आफ्नो क्षेत्रका छाडा कुकुरहरुलाई नियन्त्रणमा लिएर बन्ध्याकरण अभियान सफलपार्न लागिपरेको उनको भनाइ छ । यसमा पशुपंक्षी विकास शाखाले नेतृत्व गरेको छ भने अभियान पाँच दिनसम्म  संचालन हुने शाखा प्रमुख डा.मृनल शाक्यले बताइन् ।

कुकुर आतंक बढेकाे भनेर स्थानीयले  नगरपालिकामा गुनासाे गरेपछि नगरले यसप्रति चाँसाे लिएर अभियान थालेकाे आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले बताए । नगरवासीको मागअनुसार नगरले अभियान थालेको उनको भनाइ छ ।

शुक्रबार याे समाचार तयार पार्खा सम्म ४० वटा कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको भ्याक्सिन लगाइएको प्राविधिक प्रविण अधिकारीले बताए । उनका अनुसार दैनिक ६० बढी कुकुरको बन्ध्याकरण गरिने छ । वडा भित्रका सबै सामुदायिक कुकुरको बन्ध्याकरण गरिने वडाध्यक्ष प्रदिप अधिकारीले जानकारी दिए । यो अभियानमा जनप्रतिनिधिको पनि सक्रिय सहभागिता रहेको छ । स्थानीयले कुकुर नियन्त्रणमा लिन सहयोग गरेका थिए ।

कुकुरले स्थानीयलाई तथा बाटोहिड्ने बटुवालाई समेत दुःख दिएपछि कति दुर्घटनाको सिकार भएको स्थानीयले बताएका थिए । नगरपालिकाले कुकुर नियन्त्रणका लागि एक गाडीको व्यवस्था मिलाएको छ ।

तस्वीरमा…

 

 


Thali Mobile Pvt.Ltd.