भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

तेश्रो भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक

तेश्रो भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक

भक्तपुर । तेश्रो भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक गरिएको छ । फागुन १८ गतेदेखि २६ गतेसम्म भक्तपुरमा हुने प्रतियोगिताको मंगलवार गोलाप्रथाद्वारा टाइसिट सार्वजनिक गरिएको हो ।

उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी र दीर्घायु एफसी काभ्रेवीच भिडन्त हुनेछ । दोश्रो खेल भक्तपुर फुटबल क्लव र स्पोर्टस् एकेडेमी साँंगाबीच हुने छ । प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जिल्लाका ११ वटा टिम सहभागी छन् । जसमा भक्तपुर नगरपालिकाबाट ५, सूर्यविनायक नगरपालिकाबाट ३ वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी हुने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए ।

मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगितामा सहभागिता नरहेको जनाइएको छ । काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टिमको सहभागी रहने छ । भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले गोलाप्रथाद्धारा टाइसिट छनोट गरेका थिए ।

फुटवलको महाउत्सव प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुने छ । प्रथम हुनेले एक लाख २५ हजार र द्वितीय हुनेले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उदघाटन फागुन १८ गते विहान ८स्०० बजे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.