भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

जापानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ प्रधानमन्त्री बन्ने

जापानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । जापानमा पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्ने भएका हुन । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै उनी प्रधानमन्त्री बन्ने भएका हुन ।

वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पार्टीभित्र भ्रष्टाचारका काण्डको शृङ्खलाबीच अगस्टमा राजीनामा दिने निर्णयको घोषणा गरेका थिए । इशिबा आफ्नै पार्टीको आलोचना र विपक्षमा जाने नेताका रूपमा चिनिन्छन् । उनले नाटो सैन्य गठबन्धनको एशियाली संस्करण र थप समान जापान–अमेरिकी सुरक्षा गठबन्धको प्रस्ताव गरेका छन् ।

उनी ताइवानको लोकतन्त्रको समर्थक पनि रहेका छन् । शुक्रबार भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गरेका थिए ।

इशिबा दोस्रो चरणको मतदानमा विजयी भएका हुन । संसद्को तल्लो सदनमा सत्तारूढ एलडीपीको पूर्ण नियन्त्रण रहेको र शिगेरु इसिबा प्रधानमन्त्री बन्ने निश्चित भएको खबरमा उल्लेख छ । जापानको लोकतान्त्रिक प्रणालीमा संसद्को तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.