भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउनेगरी कार्यविधि तर्जुमा गर्ने

नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउनेगरी कार्यविधि तर्जुमा गर्ने

काठमाण्डौ । अर्थ मन्त्रालयले एक वर्षभित्रै नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउनेगरी कार्यविधि तर्जुमा र कार्यान्वयन गर्ने प्रस्तावसहित आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी गरेको जनाएको छ ।

आउँदो आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमका लागि तयारी शुरू भएसंगै सरकारले उक्त तयारी गरेको हो । नीति तथा कार्यक्रमका लागि आन्तरिक गृहकार्य थालिसकेको र अहिलेको आवश्यकतालाई हेरेर कार्यक्रम बनाउने अर्थमन्त्रालयले जनाएको छ ।

जसअनुसार २०८२ साल माघसम्ममा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनसक्ने गरी तत्कालीन कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गरिने जनाएको छ ।प्रस्तावित नीति तथा कार्यक्रमानुसार मौद्रिक नीति र वित्त नीतिबीच सामञ्जस्यता कायम गर्न २०८२ साल साउन मसान्तभित्र विशेषज्ञ सम्मिलित एक थिङ्क ट्याङ्क गठन गरिनेछ ।

साथै घरपरिवार र व्यावसायिक क्षेत्रको बचतलाई प्रोत्साहन गरी कुल गार्हस्थ्य बचत अभिवृद्धि गर्दै लगानीयोग्य पूँजीको सुनिश्चितताका लागि राष्ट्रिय बचत नीतिको तर्जुमा गर्ने प्रस्तावसमेत मन्त्रालयको छ । मन्त्रालयहरूले बनाउने नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

त्यही दस्तावेजलाई मन्त्रिपरिषद्ले पास गर्नुपर्छ र संसद्को दुवै सदनमा राष्ट्रपतिले पेश गर्ने चलन छ । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेटका लागि पनि गृहकार्य गरिरहेको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिसम्बन्धी मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एशिया प्यासिफिक ग्रुप (एपीजी) ले नेपाललाई आउँदो दुई वर्षका लागि ग्रे लिस्टमा राखेको छ ।

अर्थ मन्त्रालयले तीन तहका सरकार (सङ्घ, प्रदेश र पालिका) को आर्थिक क्रियाकलापलाई दिशानिर्देश गर्न छाता नीतिका रूपमाङ्संघीय आर्थिक नीति तर्जुमा गर्ने प्रस्ताव गरेको छ । २०८२ साल चैतसम्ममा यस्तो नीति तर्जुमा गरिसक्ने प्रस्तावमा उल्लेख छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.