भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दियो

फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दियो

एजेन्सी, ७ असाेज । फ्रान्सले पनि प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ। न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति स्थापनाको समय आएको घोषणा गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरे।

उनले गाजामा भइरहेको युद्धको कुनै औचित्य नभएको बताउँदै तत्काल युद्धविराम र शान्ति प्रक्रियामा अघि बढ्न आग्रह गरे। यसअघि बेलायतले अघिल्लो दिन नै एक घोषणामार्फत् प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको थियो। यस्तै बेल्जियम, लक्जमबर्ग, माल्टा, अन्डोरा र सान मरिनोले पनि नजिकै भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने तयारी गरिरहेका छन्।

न्यूयोर्कमा जारी राष्ट्र संघीय बैठकमा फ्रान्स र साउदी अरेबियाले इजरायल–प्यालेस्टाइनबीच दुई देश समाधानको लागि योजनामा काम गरिरहेको बीबीसीले जनाएको छ। तर इजराइलले भने यस्ता कदमहरूले हमासलाई थप हौसला दिएको भन्दै कडा विरोध जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गरेयता इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ। हालसम्म ६५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय रिपोर्टमा जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.