भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने, अमेरिका र इजरायलको कडा आपत्ति

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने, अमेरिका र इजरायलको कडा आपत्ति

पेरिस, ९ साउन । फ्रान्सले आगामी सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा आधिकारिक मान्यता दिने घोषणा गरेको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले एक्स (पूर्व ट्विटर) मा लेख्दै संयुक्त राष्ट्र संघको महासभाको सत्रमा उक्त घोषणा औपचारिक रूपमा गरिने बताएका हुन्।

फ्रान्सको यो निर्णयपछि, फ्रान्स जी–सेभेन समूहमा पर्ने राष्ट्रहरूमध्ये प्यालेस्टाइनलाई मान्यता दिने पहिलो मुलुक बन्नेछ। म्याक्रोँले आफ्नो पोस्टमा भनेका छन्, “आजको प्राथमिक आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु, बन्धकको रिहाइ गराउनु र मानवीय सहायता पुर्‍याउनु हो। शान्ति सम्भव छ।”

फ्रान्सको घोषणालाई प्यालेस्टिनी अधिकारीहरूले स्वागत गरेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने हमासको आक्रमणपछि यस्तो निर्णय आतंकवादलाई पुरस्कार दिनु सरह भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै, अमेरिकी विदेश सचिव मार्को रुबियोले यो निर्णयलाई “कडा रूपमा अस्वीकार्य” भन्दै आपत्ति जनाएका छन्।

म्याक्रोँले स्पष्ट पारेका छन् कि फ्रान्सको उद्देश्य गाजाको पुनर्निर्माण, हमासको निशस्त्रीकरण, र प्यालेस्टाइन राज्यको व्यवहार्यता सुनिश्चित गर्दै इजरायललाई मान्यता दिने सशक्त राष्ट्रको निर्माण गर्नु हो। उनले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई पत्र लेख्दै यो निर्णयको औपचारिक जानकारीसमेत दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.