भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेसँगै फ्रान्समा प्रदर्शन चर्कियो

दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेसँगै फ्रान्समा प्रदर्शन चर्कियो

काठमाडौैं । फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

आन्तरिक मन्त्रालयले हिजो देशभर एक लाख १० हजार जनाले विरोध प्रदर्शन गरेको बताएको छ तर एकजना विरोधी नेताले भने कम्तिमा तीन लाख जनाले प्रदर्शनमा भाग लिएको दाबी गरेका छन् । आज पनि देशका एक सय वटा ठाउँमा प्रदर्शनको तयारी भएको खबरमा उल्लेख छ । प्रदर्शनको मुख्य आयोजक फ्रान्सेली ट्रेड युनियन र वामपन्थी दलहरू बनेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले वाम दलका उम्मेदवारलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि उनीविरुद्ध पनि प्रदर्शन भइरहेका छन् । प्रदर्शन चर्किएपछि प्रधानमन्त्री मिशेल बार्नियरले सरकार गठन गर्न आफू वामपन्थीसहित अन्य दलसँग कुरा गर्न इच्छुक रहेको बताएको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.