भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

स्तन तथा पाठेघरको मुखको क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर

स्तन तथा पाठेघरको मुखको क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, २८ बैशाख । भक्तपुर नगरपालिकाका उप–प्रमुखको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिक १ वडा कार्यालयको आयोजनामा भएको स्तन तथा पाठेघरको मुख क्यान्सर रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन भयो । कार्यक्रममा बोल्दै उपप्रमुख रजनी जोशीले शिविर सञ्चालनको मुख्य उद्देश्य नगरवासीहरुलाई स्वस्थ्य राख्नु हो भन्नुभयो ।

समाज परिवर्तनको निम्ति महिलाहरूको भूमिका महत्वपूर्ण हुने र महिलाले धेरै संघर्ष गर्नुपर्ने भएकोले महिलाहरु आफ्नो स्वास्थ्यबारे सजग हुुनुपर्ने बताउनुभयो । रोगबाट बच्न समय–समयमा स्वास्थ्य परिक्षण गर्नुपर्ने बारे जानकारी दिंदै उहाँले स्वस्थ रहन स्वस्थ्यकर खाना सेवन गर्नुका साथै नियमित शारीरिक व्यायाम पनि गर्न जरुरी रहेको बताउनुभयो । भ।न।पाले नगरवासीलाई स्वस्थ्य राख्न वडा–वडामा छिःकोन व्यायाम संचालन गर्दै आएको बताउनुभयो ।

भक्तपुर नगरको ऐतिहासिक सम्पदा पुन निमार्ण गर्ने, नगरवासीहरु, सल्लाह सुझाब एवम् श्रमदानबाट भइरहको जसको कारण देशमै नमुनाको रूपमा काम भइरहको जानकारी दिनु भयो र नगरपालिकाको मुख्य आय स्रोत भनेको विदेसी पर्यटकहरू प्रवेश शुल्क रहेको हुनाले नगरको हरेक वडा – वडामा पर्यटकीय वातावरण बनाउन वडावासीको साथ र सहयोग जरुरी रहेको बताउनु भयो ।

समाजसेवी कृष्ण बहादुर दुगुजुले भलपुर नगरपालिकाबाट नेपाल मजदुर किसान पाटीको घोषणा पत्रअनुसार भक्तपुर नपाले आफ्ना गतिविधिलाई अगाडि बढाउँदै उल्लेख गर्दै स्वास्थ्य शिविर सञ्चालनले समयमै रोगको पहिचानमा मद्दत पुगेको बताउनुभयो । कार्यक्रमका सभापति श्याम कृष्ण खत्रीले वडामा घरदैलो नर्सिङ सेवाबाट आएको रोगको तथ्याङ्कको आधारमा विभिन्न रोगहरुको स्वाथ्य शिविर सञ्चालन गरी वडावासीहरुमा स्वाथ्य सेवा दिँदै आएको बताउनुभयो । आजभन्दा २०७ वर्ष अगाडी जन्म भएका काल माक्र्सका ५ सन्तान मध्ये उपचार गर्ने रकम नभएर एक छोरी जेनी माक्र्स क्यान्सर रोगबाट मृत्यु भएको बारेमा स्मरण गराउनु भयो ।

उहाँले आ।व। २०८१÷२०८२ मा वडामा गरिएको योजनाबारे जानकारी दिंदै ऐतिहासिक सम्पदाहरु संरक्षण गर्न नगरवासीहरूको साथ र सहयोगको साथै एकजुट भई लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्यप अस्पतालमा कार्यरत डाक्टर चन्द्र मालिका श्रेष्ठ, भनपा १ वडाका जनप्रतिनिधिद्वय कल्पना शिल्पकार र सूर्य प्रसाद श्रेष्ठले पनि बल्नु भयो र निःशुल्क स्वास्थ्य शिविरमा १३० जनाले स्वास्थ्य परिक्षण गराई स्वास्थ्य सेवाको लाभ लिनुभयो ।

प्रमुख अतिथिले ऐतिहासिक ५–६ सय वर्ष पुराना मन्दिर भुकम्पबाट क्षति भएका लक्ष्मी नरसिह मन्दिर पुनःनिर्माण सम्पन्न भइ पहिलेकै ऐतिहासिक स्वरुपमा मन्दिर निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै उक्त मन्दिरको उद्घाटन २०८२ जेष्ठ ६ गते गर्ने तयारी भक्तपुर नपाले गरेको सोही क्रममा बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.