भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

द्वन्द्वपीडितको माग : टीआरसी पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ सुरु गर

द्वन्द्वपीडितको माग : टीआरसी पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ सुरु गर

काठमाडौं, २७ वैशाख । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि गठित सिफारिस समितिले प्रकाशित गरेको संक्षिप्त सूचीप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

पीडित समुदायले सिफारिस प्रक्रिया अपारदर्शी, भागबन्डामा आधारित र पीडितहरूको अर्थपूर्ण सहभागिता बिना भएको आरोप लगाएका छन्। उनीहरूले पीडित समुदायको परामर्श र अपनत्व सुनिश्चित हुने गरी नयाँ प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले आफ्ना माग सम्बोधन नगरे समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी दिएका छन्। यसअघि पीडितहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सहभापति शेरबहादुर देउवासँग भेट गरी आयोगमा पीडित पक्षको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.