भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

द्वन्द्वपीडितको माग : टीआरसी पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ सुरु गर

द्वन्द्वपीडितको माग : टीआरसी पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ सुरु गर

काठमाडौं, २७ वैशाख । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि गठित सिफारिस समितिले प्रकाशित गरेको संक्षिप्त सूचीप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

पीडित समुदायले सिफारिस प्रक्रिया अपारदर्शी, भागबन्डामा आधारित र पीडितहरूको अर्थपूर्ण सहभागिता बिना भएको आरोप लगाएका छन्। उनीहरूले पीडित समुदायको परामर्श र अपनत्व सुनिश्चित हुने गरी नयाँ प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले आफ्ना माग सम्बोधन नगरे समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी दिएका छन्। यसअघि पीडितहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सहभापति शेरबहादुर देउवासँग भेट गरी आयोगमा पीडित पक्षको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.