भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको खण्डन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको खण्डन

एजेन्सी । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै मार्क कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गरेका छन् । क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गरेसंगै जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गरेका थिए ।

कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गर्नुभएको छ ।

प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएको बीबीसीले उल्लेख गरेको छ । सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उनले हिजो पदभार ग्रहण गर्नुभएको हो ।

यसअघि उहाँले थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो । तत्काल ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको उहाँको भनाइ छ । कार्नी नयाँ प्रधानमन्त्री बन्नु अघिदेखि नै क्यानडा र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ ।

 


Thali Mobile Pvt.Ltd.