भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन् ।

उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन् ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.