भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु

गाजा । गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको ज्यान गएको छ। इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, “‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ, इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।” यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, “गाजाको दक्षिणी शहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्नबताएको छ ।”

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकमिक आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो । हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो । गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.