गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै, बोलाए मन्त्रिपरिषद् बैठक

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै, बोलाए मन्त्रिपरिषद् बैठक image

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ आज राजीनामा दिने तयारी गरेको उनको भनाइ छ । त्यसअघि विभिन्न विषयमा छलफल गर्न भन्दै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो ।

तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्न लागेका हुन् । पाण्डेले मंगलबार संसदीय दलका सदस्यसँग छलफल गर्दै सुझावसमेत मागेका थिए । सांसदहरुले पनि अहिलेको अवस्थामा राजीनामा दिएर जानु नै उपयुक्त हुने सुझाव दिएका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda