भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहको निर्देशन

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहको निर्देशन

भक्तपुर । हिजो गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई उक्त सय मिटर घिसारेर लगेको घट्नाको छानविनगर्न गृहमन्त्री रमेश लेखकले कडा निर्देशन दिएका हुन ।

दुर्घटनाबाट आफु दुःखित भएको बताउँदै मन्त्री लेखकले घट्नामा कस्को गल्ती छ ? निश्पक्ष छानविन गर्न निर्देशन दिए ।

बिहीबार (हिजो) दिउँसो दुई वजे भक्तपुरको गठ्ठाघरमा काठमाडौंतर्फबाट आइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले ढुंगा मुढा गर्दै ट्रकमा तोडफोड गरेका थिए । मूल सडक पाँच घण्टासम्म अवरुद्ध भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

ट्राफिकले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा भयानक दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध समेतस्थानीय जाई लागेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.