भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले जनाएको हो ।

यो सङ्ख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएपछि तालिबानले इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

युनेस्कोको प्रतिवेदन अनुसार अफगानिस्तानमा महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने झण्डै २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन् । यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्ने खबरमा उल्लेख छ ।

तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन । तर महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत र तयारी नभएको एएफपीले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.