भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

गाजाका मेडिकल विद्यार्थीले पाकिस्तानबाट शिक्षा पूरा गर्न पाउने

गाजाका मेडिकल विद्यार्थीले पाकिस्तानबाट शिक्षा पूरा गर्न पाउने

काठमाडौं । पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ।

पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक सञ्चारमाध्यममा उल्लेख गरेका हुन्।

प्यालेस्टिनी २०–३० को ब्याचमा विद्यार्थीहरू चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताए।

प्रवक्ताका अनुसार यो गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई मुटुरोग, हाडजोर्नी, अर्बुद रोग, बालरोग र शल्यक्रियासम्बन्धी शिक्षा पूरा गर्ने अवसर हो। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.