भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गाजापट्टीका विस्थापित नागरिक घर फर्किए

गाजापट्टीका विस्थापित नागरिक घर फर्किए

काठमाडौं । इजरायली सेना र विद्रोही समूह हमासको युद्धका कारण विस्थापित भएका गाजापट्टीका धेरै नागरिक घर फर्किएका छन् । गएको वर्ष अक्टोबर ७ देखि निरन्तर भइरहेको आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेका अधिकारीहरूले बताएका छन् ।

घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुननिर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा धेरै जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस गएको जुलाईसम्म आफ्नो घर फर्केका छन् ।

इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि हिजोदेखि सकिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

हमासको आक्रमणबाट अझै क्षतिग्रस्त अवस्थामा रहेका केही समुदायका बासिन्दाहरूलाई अर्को एक वर्षका लागि देशका विभिन्न ठाउँमा अस्थायी आवास दिइने इजरायलले जनाएको छ । प्यालेस्टिनी क्षेत्रबाट रकेट आक्रमणको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.