भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजापट्टीका विस्थापित नागरिक घर फर्किए

गाजापट्टीका विस्थापित नागरिक घर फर्किए

काठमाडौं । इजरायली सेना र विद्रोही समूह हमासको युद्धका कारण विस्थापित भएका गाजापट्टीका धेरै नागरिक घर फर्किएका छन् । गएको वर्ष अक्टोबर ७ देखि निरन्तर भइरहेको आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेका अधिकारीहरूले बताएका छन् ।

घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुननिर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा धेरै जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस गएको जुलाईसम्म आफ्नो घर फर्केका छन् ।

इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि हिजोदेखि सकिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

हमासको आक्रमणबाट अझै क्षतिग्रस्त अवस्थामा रहेका केही समुदायका बासिन्दाहरूलाई अर्को एक वर्षका लागि देशका विभिन्न ठाउँमा अस्थायी आवास दिइने इजरायलले जनाएको छ । प्यालेस्टिनी क्षेत्रबाट रकेट आक्रमणको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.