भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हवाई सहायता अपुग, गाजामा भोकमरीको संकट गहिरिँदै

हवाई सहायता अपुग, गाजामा भोकमरीको संकट गहिरिँदै

एजेन्सी, ११ साउन । गाजामा जारी मानवीय संकटका बीच हवाईमार्गबाट राहत सामग्री खसालिएको छ। इजरायली सेनाले खाद्यान्नलगायतको राहत गाजामा हवाई जहाजमार्फत खसालेको जनाएको छ भने जोर्डन र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि चाँडै यस्तै राहत पठाउने तयारी गरिरहेका छन्।

तर यो सहायता भोकमरीको समस्याको समाधानका लागि अपुग भएको अन्तर्राष्ट्रिय संस्था तथा मानवअधिकार समूहहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिका अधिकारी सियारान डोनेली का अनुसार, “हवाई सहायता कहिल्यै पर्याप्त हुँदैन।”

हाल जोर्डन र इजिप्टमा करीब ६ हजार ट्रक राहत तयारी अवस्थामा भए पनि राजनीतिक अवरोधका कारण ती गाजामा प्रवेश गर्न सकेका छैनन्। विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार गाजाको एक तिहाइ जनसङ्ख्याले केही दिनदेखि खाना पाएका छैनन्।

झण्डै ९० हजार महिला र बालबालिका आपतकालीन सहायताका लागि अति आवश्यक श्रेणीमा रहेका छन्। राहत वितरणमा झैझगडा, घाइते हुने र ज्यान गुमाउने खतरा पनि देखिएको छ।

खाद्यान्न मात्र होइन, गाजामा हाल पानीको समेत गम्भीर अभाव देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। १०० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सामूहिक भोकमरीको चेतावनी दिइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.