गाजा सिटी र खान युनिसमा आक्रमण: क्याफे, स्कुल र सहायता केन्द्रमा बम वर्षा

गाजा सिटी र खान युनिसमा आक्रमण: क्याफे, स्कुल र सहायता केन्द्रमा बम वर्षा

एजेन्सी, १७ असार । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। इजरायली सेनाले क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको अलजजिराको समाचारमा जनाइएको छ।

प्राप्त विवरणअनुसार, गाजाको समुद्री तटमा रहेको अल–बाका क्याफेटेरियामा गराइएको हवाई बमबारीमा मात्रै ३९ जनाको ज्यान गएको छ। मृतकमध्ये महिला, बालबालिका र पत्रकारहरू समेत रहेका छन्। इजरायली सेनाले खान युनिसमा रहेको एक मानवीय सहायता केन्द्रमा पनि आक्रमण गरेको छ।

उक्त केन्द्रमा खाद्यान्न लिन लाममा उभिएका सर्वसाधारणमाथि लक्षित गरी गरिएको आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। पीडितहरूले बम खस्दा सो क्षेत्रमा शक्तिशाली भूकम्प आएको महसुस भएको बताएका छन्। यसबाहेक, सयौँ मानिसले शरण लिइरहेको गाजा सिटीको याफा स्कुलमा पनि बमबारी भएको छ।

उक्त आक्रमणमा पनि कैयौँ नागरिक हताहत भएका छन्, यद्यपि यकिन तथ्यांक आउन बाँकी छ। गाजामा जारी इजरायली सैन्य आक्रमणमा हालसम्म ५५ हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.