भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त, बजार र सडकहरु भग्नावशेषमा परिणत

गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त, बजार र सडकहरु भग्नावशेषमा परिणत

एजेन्सी । गाजापट्टीमा आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ । इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध गरेको आक्रमणमा आधा भन्दा बढी भवनहरु ध्वस्त भएका हुन ।

लाखौं मानिस घरबारविहीन भएपछि पालमुनि जीवन गजार्न बाध्य छन् । गाजाका १७ लाख जनसंख्या रहेको गाजाका ८० प्रतिशत सर्वसाधारण बिस्थापित भइसकेका छन् । डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजाका अधिकांश विश्वविद्यालयहरु भग्नावशेषमा परिणत हुनुका साथै आधाभन्दा बढी संरचनाहरु क्षतिग्रस्त भएको तथ्यांकमा उल्लेख छ ।

जसका कारण स्याटेलाइट डाटा अनुसार विनाशको वास्तविकता छर्लङ भएको छ । हालैका सातामा गाजापट्टीको खान युनिस शहर नराम्ररी प्रभावित भएको छ । सो शहरमा मात्रै ३८ हजार भवन ध्वस्त भएका छन् ।

इजरायलले हमलाका लडाकुसंगै त्यहाँका पुर्वाधारहरुलाई पनि निशाना बनाएको तथ्यांकमा उल्लेख छ । बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.