भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नवलपरासीमा गोली चल्यो

नवलपरासीमा गोली चल्यो

परासी । नवलपरासीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक सुनचाँदी व्यवसायी घाइते भएका छन् । सुस्ता गाउँपालिका–१ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो ।

पसल बन्द गरेर बर्दघाट नगरपालिका–४ देविनगरमा रहेको घरमा स्कुटीबाट फर्कंदै गर्दा उनीमाथि चोर गोला पुल नजिक गएराति गोली प्रहार भएको डिएसपी रमेश बोहराले बताए । गोली लागेर ढलेपछि उनी चढेको लु ४८ प ७४३५ नम्बरको स्कुटी घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ ।

सुनचाँदी राखेर ल्याएको आशंकामा गोली प्रहार गर्ने व्यक्तिले नै स्कुटी लगेको हुन सक्ने प्रहरीले आशंका छ । पाखुरामा गोली लागेका उनलाई तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो ।

अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.