भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा गोरा निर्वाचित

भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा गोरा निर्वाचित

भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसाय प्रालिको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनमा गोरा अध्यक्षमा निर्वाचित भएका हुन् ।

११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत निर्वाचित भएका छन् ।

८ औं अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा दलाल पुँजीपति वर्ग हाबी भइरहेको बताए । राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल र पुँजीपति वर्गको विरोधमा संघर्ष गर्र्न आवश्यक भएको जिकिर गरे ।

हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने तर्क गरे सरकारले सवारीचालकहरुलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५—२० मि. टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा बिजुक्छेंले जोड दिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले हचुवाको भरमा वर्षौंसम्म जग्गाको कित्ताकाँट रोकेको कारण देशको आर्थिक कारोबारमा समेत असर परेको बताए । नेपालमा चरम बेरोजगारी, राजनैतिक अस्थिरता, भ्रष्टाचारका कारण उत्पन्न आर्थिक संकटका कारण बितेको १९ महिनामा २४ लाख युवाहरुले नेपाल छाडेको तथ्यांक रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गत आ.व. २०७९/८० मा श्रम रोजगारी स्वीकृतिमा नेपालका ८ लाख र अध्ययन गर्नको लागि १ लाख १० हजार युवाहरु विदेशिएको तथ्यांक उक्त कार्यक्रममा प्रस्तुत गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भूकम्पबाटे समयमा ठूलो चुनौतीको बीच काम गरेको अनुभव सुनाउँदै यातायातलाई प्रविधिसँग जोड्नुपर्ने र यातायात सुधारको लागि कार्यदल गठन भएको बताए । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर श्वारले यातायात व्यवसायीहरूको समस्या सरकारसमक्ष राख्ना पनि सरकारले गम्भीरता पूर्वक नलिएको बताए ।

प्रजिअ रोशनीकुमारीले अपराधी नियन्त्रणमा ट्रक व्यवसायी संघले सहयोग गर्दै आएकोमा धन्यवादज्ञापन गर्दै सवारी चालकहरूको गतिविधि व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने बताइन् । भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले शुभकामना व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.