भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

दशैंका लागि तिब्बत र मनाङबाट काठमाडौं भित्रिए च्याङ्ग्रा

दशैंका लागि तिब्बत र मनाङबाट काठमाडौं भित्रिए च्याङ्ग्रा

काठमाडौं । नेपालीहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । आइतबारदेखी दशैं सबैको घरमा आइ सकेको छ । दशैमा देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले अरु समय नभए पनि दशैंमा मासु खाने गर्दछन् ।

दशैंका लागि खसी, बोका, च्याङ्ग्रा आदि खरिद हुन थालेको छ । त्यही कारण दशैंमा खसीबोकाको ठूलो कारोबार हुने गर्दछ । हुनेखानेहरुले मात्रै नभएर हुँदा खानेहरुले पनि जोहो गरेर दशैंमा खसीबोकाको खरिद गर्ने गरेका छन् ।

व्यापारीहरुले काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन् । सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको हो ।

यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो । च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गर्ने बताएका छन् ।

हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको मासु खसीबोकाको भन्दा मिठो र पोषिलो हुने विश्वास छ । कलंकी, बल्खु,नयाँबसपार्क लगायत उपत्यका छिर्ने मुख्य नाकाहरुमा अहिले खसी, बोका, भेडा र च्याङ्ग्रा भित्रीन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.