भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पत्तालेको गौंरी टाप धाम–आस्थाको उज्यालो र प्रकृतिको दिव्यता

पत्तालेको गौंरी टाप धाम–आस्थाको उज्यालो र प्रकृतिको दिव्यता

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–११ स्थित एक पवित्र, रहस्यमयी र अनुपम धार्मिकस्थल गौंरी टाप धाम यो भूभाग केवल एक प्राकृतिक रमणीय स्थल मात्र होइन, यो मातृशक्तिको आराधना, तपस्याको उज्यालो, र आत्मसाक्षात्कारको अनन्त यात्रा हो।

गौंरी माताले यसै पवित्र भूमिमा पहिलो पटक पृथ्वीमा तपस्या गरेको भनिन्छ। यो कथा बरण कालि पुराणमा उल्लेख गरिएको छ र लाैरेश्वर बाबाको मुखारबिन्दबाट झन् बढी प्राणपूर्ण बनाइएको छ।

जुनबेला बाबा यहाँ आए, यो स्थान झाडीले ढाकिएको सुनसान जंगल थियो। कुनै बाटो थिएन, कुनै मन्दिर थिएन—बस एकान्त थियो। पहिलो दिन उनले पाल टाँगेर ध्यान सुरु गरे। उनको आत्मबल, तपस्या र समर्पणले गर्दा आज यो स्थल गौंरी टाप धामको रूपमा विश्वभर परिचित छ। बाबा आज पनि यहीँ छन्—१९ वर्षदेखि साधनामा लीन। उनका शब्दहरू, उनका कर्महरू र उनको मौनतामा भूमि बोल्दो सन्देश बनेको छ।

गाईको खुर, बाघको पाईला र गौंरी टापको उत्पत्ति

कथा अनुसार, गाउँमा एउटा गाईले कहिल्यै दुध नदिने भयो। किसान हैरान। एक दिन गाई अरूलाई छाडेर सोझै हालको गौंरीटाप क्षेत्रमा पुगेर शिलामा दुध चढाउन थाली। किसानले सपना देखे माता गौंरी हुँ, यही मेरो तपोभूमि हो। पछि त्यही स्थानमा एक दिन बाघ आयो।

गाईलाई समात्न खोज्दा गाई त्यही शिलामा थच्कियो, र आज पनि त्यहीँ गाईको खुरको छाप र बाघको पाईला देखिन्छ। त्यसैले यो स्थानलाई गौंरी टाप भनिन्छ।

समुद्र मन्थन र गौंरीको तपस्या

काली पुराणअनुसार, समुद्र मन्थनपछि निस्किएको हलाहल विष सेवन गरेका महादेवको छटपटी देखेर गौंरी माता यहीँ तपस्यामा बसिन्। भगवान गणेशले माताको खोजी गर्दै यहाँ आइपुगे र परिवार यहीँ एकसाथ बस्न थाले। यही भावनाबाट यो स्थानलाई “नेपालको कैलाश” भनिन्छ–जहाँ गौंरी, महादेव र गणेश एकै स्थानमा विराजमान छन्।

प्रकृतिको सौन्दर्यःहिमाल, सूर्योदय र चाँदीले छोपिएको जमिन

गौंरी टाप मात्र आस्थाको केन्द्र होइन, यो प्रकृतिको अद्भुत कृति पनि हो। समुद्र सतहबाट करिब ३००० मिटर उचाइमा अवस्थित यो स्थलबाट सगरमाथा सहित ८ हजार मिटर माथिका ६ वटा हिमाल तथा साना–ठूला गरी १६ वटा हिमालहरू देख्न सकिन्छ। बिहानको लाल सुनौलो घामले हिमालहरू रंगाउँदा त्यो दृश्य मानौं सपनाको संसार जस्तै लाग्छ। तल सेताम्मे चाँदीको चादर ओढेको जमिन, बीचबीचमा हरियालीमा टल्किएको सेतो घरहरू–एकदमै अनुपम।

सेवा, सत्कार र पर्यटन
पत्ताले क्षेत्र धार्मिक मात्र नभई, पर्यटकहरूको पनि गन्तव्य बनेको छ। यहाँ मुनाको होटलहरू प्रसिद्ध छन्—जहाँ हरेक पाहुनालाई ूछोराू ूछोरीू भनी बोलाइन्छ, मन छुन सक्ने आत्मीय व्यवहार पाइन्छ। यहाँ बस्न–खान कुनै समस्या छैन। हिउँदको मौसममा (कार्तिकपछि) हिउँ खेल्न, देख्न आउनेहरूका लागि यो स्वर्ग जस्तै स्थान हो। यसलाई “नेपालको कास्मिर” भन्नु उचित हुनेछ। 

हातबजार र कृषि–पर्यटन समन्वय
हरेक शुक्रबार लाग्ने हातबजारले यस क्षेत्रको सामाजिक र आर्थिक गतिविधिमा ऊर्जा भरेको छ। टाढाटाढाबाट किसानहरू आफ्ना उत्पादन लिएर आउँछन्, व्यापार गर्छन्। हिमाली जडीबुटी ब्यापारीहरू पनि यहीं आइपुग्छन्। यसले कृषि र पर्यटनको संगम बनाएको छ। लेखकः रामसुन्दर बके (पर्यटन व्यवसायी) हुन

 


Thali Mobile Pvt.Ltd.