भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिल्लीमा रवि लामिछाने र सर्जियो गोरबीच भेटवार्ता

दिल्लीमा रवि लामिछाने र सर्जियो गोरबीच भेटवार्ता

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ।

बिहीबार साँझ भएको उक्त भेटमा समसामयिक राजनीतिक तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ। पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेले भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका छन्।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।

बिहीबार दिनभर रास्वपाको प्रवास समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ सर्जियो गोरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन।

सर्जियो गोर यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका बेला पनि रवि लामिछानेसहित रास्वपाका नेताहरूसँग भेटवार्ता गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.