भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

दिल्लीमा रवि लामिछाने र सर्जियो गोरबीच भेटवार्ता

दिल्लीमा रवि लामिछाने र सर्जियो गोरबीच भेटवार्ता

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ।

बिहीबार साँझ भएको उक्त भेटमा समसामयिक राजनीतिक तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ। पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेले भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका छन्।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।

बिहीबार दिनभर रास्वपाको प्रवास समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ सर्जियो गोरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन।

सर्जियो गोर यसअघि गत वैशाखमा नेपाल भ्रमणमा आएका बेला पनि रवि लामिछानेसहित रास्वपाका नेताहरूसँग भेटवार्ता गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.