भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सरकारी कर्मचारी तथा पदाधिकारीले कानूनबमोजिम बाहेकका भत्ताहरु नपाउने

सरकारी कर्मचारी तथा पदाधिकारीले कानूनबमोजिम बाहेकका भत्ताहरु नपाउने

काठमाण्डौ । सरकारी कर्मचारीले विशेष भत्ता लगायका विभिन्न भत्ता नपाउने भएका छन् । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता लगायतका भत्ता नपाउने भएका हुन ।

सरकारी आवास प्रयोग गर्ने पदाधिकारीहरुले आवास सुविधाबापतको रकम लिन नपाउने व्यवस्था गरिएको छ । कानूनबमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समय अघि वा पछि काम गरेको अवस्थामा बैठक भुक्तानी गर्न बाधा नपर्ने मापदण्डमा उल्लेख छ ।

सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड सार्वजनिक गर्दै सरकारी पदाधिकारीहरुको भत्तामा कडाइ गरेको हो । मापदण्डअनुसार कुनै पनि निश्चित कामको लागि गठन भएको छानबिन वा अनुसन्धान समिति, कार्यदल वा आयोगका पदाधिकारीले पूर्व निर्धारित कामका लागि बैठक भत्ता पाउने छैनन् ।

मापदण्डले सरकारी निकायहरूलाई खर्च कटौती गर्ने, अनुत्पादक क्षेत्रमा बजेट परिचालन नगर्ने तथा पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउने उद्देश्य राखेको छ । सरकारले यसअघि २०७८ सालमा ल्याएको मापदण्ड खारेज गरेर नयाँ ल्याएको हो ।

मापदण्डअनुसार सरकारी कर्मचारी तथा पदाधिकारीले कानूनबमोजिम बाहेकका भत्ताहरु पाउने छैनन् । नयाँ मापदण्ड अनुसार अब सरकारी निकायहरूले वार्षिक बजेट तथा स्वीकृत कार्यक्रमभन्दा बढी आर्थिक दायित्व सिर्जना गर्ने निर्णय गर्दा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.