भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सरकार गठन ठप्प भएपछि कुवेत अमिरद्वारा संसद विघटन

सरकार गठन ठप्प भएपछि कुवेत अमिरद्वारा संसद विघटन

काठमाडौं । कुवेतमा संसद् भङ्ग भएको छ । कुवेतका अमिरले संसद विघटन गदै संविधान निलम्बन गरेको घोषणा गरेका हुन । अमिर शेख मिशल अल–अहमद अल–सबाहले टेलिभिजन सम्बोधनमार्फत् उक्त घोषणा गरेका हुन ।

उनले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही धारा निलम्बन गरेको बताएका छन् । अप्रिल ४ तारिखमा भएको चुनावमा अघिल्लो संसदका ४६ सदस्यमध्ये ३९ जनाले आफ्नो सिट कायम राखेका थिए ।

कुवेतको संविधानअनुसार चुनाव भएको दुई हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ । शेख मेशलले अप्रिल १५ तारिख अर्थात् वैशाख ३ मा शेख अहमद अब्दुल्लाह अल अहमद अल सबालाई प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्नेछ । खाडीको देश कुवेत पछिल्लो समय कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । देश बचाउन कठोर निर्णय लिएको अमिर शेख मिशलले बताएका छन् । हालै चुनाव भएयता निर्वाचित संसद र नियुक्त प्रधानमन्त्रीबीचको तनावले सरकार गठन ठप्प भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.