भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा

सल्लेरी । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए ।

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन् ।” उनले भने ।

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा दोलखा, तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा (सोलुखुम्बु), सुकबहादुर तामाङ (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) छन् । यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.